File photo
File photo

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिक–६ चौकीटोलमा शनिवार साँझ गोठमा आगलागी भएको छ । सिताराम रुम्बाको काठ र टिनले बनेको पराल राख्ने गोठमा करेन्ट सर्ट भई अचानक अगलागी भएको हो ।

गोठमा रहेको पराल र आधापाखो गोठ जलेको छ भने दुइवटा बाख्राका पाठाहरु पनि जलेर मरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रबि कुमार पौडेलले जानकारी दिए । उनका अनुसार करिव ७० हजार बराबरको क्षति भएको छ । स्थानीय, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीको सहयोगमा करिव एक घण्टा पश्चात आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।