हेटौंडा । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले भीमफेदी गाउँपालिकामा अध्यक्ष हिदम लामा र उपाध्यक्षमा पार्वती रानालाई उठाउने निर्णय गरेको छ ।

गाउँपालिकाको वैठकले दुवैको विषयमा सर्वसम्मति गरेको हो । २०७४ मा भएको स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुवै एमालेको तर्फबाट विजयी भएका थिए ।