हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा वडा अध्यक्ष निर्वाचित भएपछि बिष्णु गोपाल महर्जनले काम सुरु गरेका छन ।

उनले वडामा अधुरा रहेका ढल, सडक निर्माण तथा मर्मतको काम सुरु गरेका हुन । उनले वडाको प्रत्येक टोल टोलमा पुगेर समस्या बारे जानकारी लिने र प्राबिधिक रुपमा त्यसको समस्या समाधान गर्ने बताएका छन । वडामा आवात जावतमा निकै समस्या भएर दुर्घटनाको जोखिममा रहेका सडक, ढल र कालो पत्रेमा खाल्डाहरुलाई मर्मत सम्भार गर्न शुरु गरेका हुन ।

महर्जनले आफ्नो वडा सदस्यहरु र स्थानीयको सहयोगमा बासुदेव रिजाल नजिकको रोड क्रस कल्भर्ट निर्माण गर्नुका साथै कालो पत्रेका खाल्डा खुल्डिको प्याचवर्क गरेका छन् । वडा अध्यक्ष महर्जनसँगै नवनिर्वाचित वडा सदस्यहरु इन्द्र रिजाल र सुरज बर्ताैला पनि आफै खटेर कार्य गरिरहेका छन् ।