इतिहासका पानाहरु छोपिदै गर्दा ,राजनीति सांगठनिक परीस्थिती बदलियर पृष्ठभुमिको मुल्यांकन धमिलो हुँदै गर्दा फ़ेरि पनि आज माघ १९ आएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले कु गरेको दिन । धेरै कष्टकर बनाइएको थियो जनजीवन ,जीवन कष्टकर बितायका थियौं । मोबाइलहरु कटिएका थिए । रेडियोमा संचार माध्यममा समाचारहरु निषेधित थिए । गिरफ्तार ,धरपकड थियो । मैले पनि आफू गिरफ्तार भएको ,शशस्त्र प्रहरी बल पकलीमा नजरबमा राखियको ति अप्ठ्यारा बन्दी दिनहरु लाई सम्झना गरे ।

बिहानै सिटि जुलुस बाट निकै ठुलो झडप सहित मलाई इटहरी को हाटखोला बाट गिरफ्तार गरीयको थियो । शक्तिशाली नाराले स्वर भासियको थियो ,आवाज थिएन ,पक्राउ पर्न अघि प्रहरी सगको भिडन्तमा हातमा लागेको चोटले अहिलेसम्म पनि दुख दिने गर्दछ ,यो दुखाइ सगै अनेकौं भोगाइहरु संसारको जुनसुकै स्थानमा पुगे पनि जहाँ रहे पनि बिर्सने छुइन देशको लागी खेपेको त्यो शाही कु । अब फ़ेरि नदोहोरीयोस ती दिनहरु ,नेपाल र नेपालीले सधै सुख भोगुन ।

ईतिहास मेटाएर मेटिन्न जो !
२०६२ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले घोषणा गरेको नगर निर्वाचनमा इटहरी क्षेत्रबाट पक्राउ परेका ब्यक्तीहरु
१)मन्जु भन्डारी (अनेरास्ववियु )
२) मिना श्रेष्ठ ( प्रजातान्त्रिक रास्ट्रीय युवा संघ )
३) लक्ष्मी गौतम ( अखिल नेपाल महिला संघ )
४)रमेशकुमार पोखरेल(नेपाल विद्यार्थी संघ)
५)नवराज नेपाल (अनेरास्ववियु )
६)ऋषिराज नेपाल (अनेरास्ववियु )
७)बिनोद तृताल(नेपाल विद्यार्थी संघ )
८)बिकास तृताल(नेपाल विद्यार्थी संघ )
९)युवराज घिमिरे (अनेरास्ववियु )
१०)हेमकर्ण पौडेल (नेपाल तरुण दल)
११) सुर्य बस्नेत (नेपाली काङ्ग्रेस )
१२)महेश बास्तोला (नेपाली काङ्ग्रेस )
१३)याम सुब्बा (नेकपा एमाले )
१४)डा बद्रीबिशाल पोख्रेल
१५)मिथिला पोख्रेल (नेकपा एमाले)
१६)राधा भट्टराई (नेकपा एमाले )
१७)मणिन्द्र भट्टराई (नेकपा एमाले )
१८)ध्रुब कोइराला (नेकपा एमाले)
१९)ठमनाथ लम्साल (नेकपा एमाले)
२०)रुक्मिणी कोइराला (नेकपा एमाले)
२१)कृष्ण बिनोद लम्साल(नेकपा एमाले)
२२)लक्ष्मी ओलि (अनेरास्ववियु )
तस्वीर : Somnath Bastola
मां प्रेम मिरा
थप जानकारी