हेटौंडा । प्रेस सेन्टर नेपाल, मकवानपुरले १० बुँदे घोषणापत्र जारी गरेको छ । फागुन ६ गते हेटौंडामा भएको साधारणसभाबाट प्रेस सेन्टर मकवानपुरले पत्रकार र संचार माध्यमको बृद्धि विकास तथा हकहितको पक्षमा घोषणापत्र जारी गरेको जिल्ला अध्यक्ष अञ्जली थापाले जानकारी दिइन् ।
यस्तो छ १० बुँदे घोषणापत्र
.जिल्लामा रहेका साना लगानिमा संचालित स्वरोजगार मुलक मिडियाहरुलाई सहयोग , संरक्षण र प्रबर्द्धनका लागि प्रदेस र स्थानिय सरकारलाइ अनुरोध गर्ने निर्णय गरियो ।
. जिल्लामा संचालित सम्पुर्ण मिडियाहरुको प्रदेस सरकारलाई अपनत्व लिन आग्रह गर्ने निर्णय गरियो ।
. समानुपतिक बिज्ञापन नीति कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरियो ।
. श्रमजिबि पत्रकारहरुको हक हितको लागि मुख्य मन्त्रीले स्थापना गर्नु भएको सामाजिक सुरक्षा कोषको स्वागत गर्दै समाजिक सुरक्षा कोषमा आबद्ध हुँदै अघि बड्न अपिल गर्ने निर्णय गरियो ।
. स्थानिय तहहरुलाइ जिल्लामा रहेका स्थानिय मिडियाहरुलाइ सहयोग प्रबर्द्धन गर्न अपिल गर्ने निर्णय गरियो ।
. श्रम जिबि पत्रकारहरुले पाउनु पर्ने न्युनतम पारिश्रमिक सेवा सुबिधा पुर्ण रुपमा कार्यान्वयन गराउन अपिल गर्ने निर्णय गरियो ।
. जिल्लामा रहेका कल कारखानाहरुलाइ जिल्लामा सन्चालित आम संचार गृहलाइ सहयोग गर्न अपिल गर्ने निर्णय गरियो ।
. साना लगानिका स्वरोजगार मुलक मिडियाहरुलाइ उधोगको सरह मान्यता दिदै सेवा सुबिधा उपलब्ध गराउन अपिल गर्ने निर्णय गरियो ।
. जिल्लामा कार्यरत महिला पत्रकारहरुको लागि सुत्केरी भत्ता बितरण्को लागि कोष स्थापना गर्ने निर्णय गरियो ।
१०. मकवानपुर जिल्लाका सम्पुर्ण पत्रकारहरुको लागि उपचार कोष स्थापना गर्ने निर्णय गरियो ।