हेटौंडा । मकवानपुरको हेटौंडामा लागुऔषध खैरो हिरोईन तीन जना पक्राउ परेका छन् ।

हेटौंडा–८ कमानेबाट लागुऔषध खैरो हिरोईन स्थानीय ३१ वर्षीय बिशाल रावत, १८ वर्षीय सुमित वाईबा र हेटौंडा–१०, न्यूरेनी बस्ने ३२ वर्षीय बिमल भोलनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कमानेमा रहेको रावतको घरबाट २५ ग्राम खैरो हिरोईन सहित तिन जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले हिरोईन सहित जोख्ने काँटा थान, नगद ५ हजार र ५ थान मोवाईल बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।