Exif_JPEG_420

हेटौंडा । २१० औं भानु जयन्तीको अवसरमा पालुङ जेसीजले साहित्यकार लक्ष्मण वर्तौला “बिर्खे अन्जान“लाई सम्मान गरेको छ ।

साहित्यकार वर्तौलालाई थाहा नगरपालिकालाई साहित्यको माध्यम बाट राष्ट्रिय रुपमा चिनाउन सफल भएको भन्दै सम्मानित गरेको हो । साहित्यकार अन्जानले मकवानपुरको उत्तरी क्षेत्रमा बसेर नेपाली भाषा र साहित्यको क्षेत्रमा लामो समयदेखी सक्रिय रहि विशेषतः समालोचना,मुक्तक ,कविता लेखनमा महत्वपूर्ण योगदान पुर्याएबापत सम्मान गरिएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए ।

साहित्यकार बिर्खे अन्जानलाइ प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली र पालुङ जेसीजका संस्थापक अध्यक्ष पुर्शोत्तम ढकालले भादगाउँले टोपी,दोसल्ला तथा सम्मानपत्र द्वारा सम्मानित गरेका थिए । थाहाका साहित्यकार बिर्खे अन्जानले यस अगाडि युवा बर्ष मोति पुरस्कार २०७९ र बागमती प्रदेश सरकारले प्रदान गर्ने बिशिष्ट युवा प्रतीभा पुरस्कार २०८० प्राप्त गरिसकेका छन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बिर्खे अञ्जान मूलतः कवि हुन् । यसका अतिरिक्त समालोचना र कथा पनि उनले लेख्दै आएका छन् । पालुङ जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अजय कार्की, उपाध्यक्ष दिपा बल, निवर्तमान अध्यक्ष जयराम खत्री,बर्ष २००३ का राष्ट्रिय उपाध्यक्ष पुरुषोत्तम कार्की, संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पुर्व अध्यक्ष मनोज रायमाझी, मोटिभेसन स्पिकर जय बहादुर मल्ल, सुभारम्भ कृषक समुहका अध्यक्ष बिक्रम बिष्ट लगायतका उपस्थित रहेको थियो ।