हेटौंडा । नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको अवसरमा आज बिहान हेटौँडामा बृक्षारोपण गरिएको छ । नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयको आयोजनामा नेपाल विद्युत प्राधिकरण भुटनदेवी र हेटौँडा–२, वनस्खण्डीदेवी मन्दिर परिसरमा बृक्षारोपण गरिएको हो ।
कपुर, कल्की, धुपी, निम, अशोक, अमला, म्याङ्गो स्ट्रिड, अम्बा, सरिफा, कागती, बकाइनो, बिभिन्न फुलका विरुवा सहित तीन सय बिरुवा बृक्षारोपण गरिएको थियो । नेपाल विद्युत प्राधिकरण बागमती प्रदेशका डिभिजन प्रमुख दिपेन्द्रराज द्धुवेदीले बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए ।
नेपाल विद्युत प्राधिकरण बागमती प्रदेशका डिभिजन कार्यालयले वार्षिकउत्सवको अवसरमा चेस प्रतियोगिता, टग अफ वार, रक्तदान कार्यक्रम, म्यूजिकल एण्ड चम्चा गुच्चा दौड, घैटो फुटाउने र ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको उनले जानकारी दिए ।
डिभिजन वन कार्यालय मकवानपुर, डिभिजन वन कार्यालय राप्ती मनहरी र वनस्पती अनुसन्धान केन्द्र मकवानपुरले वृक्षारोपणका लागि विरुवा उपलब्ध गराएका थिए । कार्यक्रममा हेटौँडा वितरण केन्द्रका प्रमुख नरेन्द्रविर श्रेष्ठ, इन्जिनियर राजकुमार श्रेष्ठ, सहायक प्रवन्धक मनोजकुमार झा, पुर्णिमा गोले लगायतकाको सहभागिता रहेको थियो । बृक्षारोपण कार्यक्रममा प्रदेश डिभिजनका कर्मचारीहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।











प्रतिक्रिया दिनुहोस्