हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ अधेरीमा सर्पको टोकाईबाट एक वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैंया–७ अधेरी बस्ने १२ बर्षीया करिष्मा लो रहेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।

बुधबार आफ्नै घरमा बसिरहेको अवस्थामा करिष्मालाई सर्पले डसेको थियो । परिवारले उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा उपचारकै क्रममा बुधबार दिउँसो पौने ३ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।