काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन खुला गरेको हो । कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता छुट्याएर बाँकी रहेको २१ लाख ३६ हजार ६ सय २० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीले यसअघि ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।
सर्वधारणका लागि छुट्याइएको शेयर २ लाख १३ हजार ६ सय ६२ जनाले १०–१० कित्ताबा दरले पाउने छन् ।











प्रतिक्रिया दिनुहोस्