हेटौंडा । ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुरको ११ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभालाई सम्वोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले ज्येष्ठ नागरिकलाई राज्यले सम्मान गर्नु पर्ने बताईन ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकलाई सदैव सहयोग गर्ने बताईन । हेटौडाको कमानेमा निर्माणाधिन ज्येष्ठ नागरिकको भवनको लागि मन्त्रालयले सहयोग गर्ने बताईन ।

कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद सिग्देलले संस्थागत प्रतिवेदन र सदस्य केशव सञ्जेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । भेलामा दिब्यसेवा निकेतनका केन्द्रीय अध्यक्ष तेजराम निरौला र असहाय ज्येष्ठ नागरिक कृष्ण बहादुर ठकुरीलाई सम्मान गरिएको थियो ।

संघका जिल्ला अध्यक्ष सिग्देलको सभाध्यक्षतामा सम्पन्न भएको भेलामा ओम वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, मंचका उपाध्यक्ष बुद्धिप्रसाद पौडेल, सचिव दीप सुवेदी लगायतको सहभागिता थियो ।