हेटौंडा । समाजवादी मोर्चा नेपालको आइतवार बागमती प्रदेशस्तरिय कमिटी घोषणा भएको छ । आज हेटौँडामा आयोजित समाजवादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभामा प्रदेश स्तरिय कमिटी घोषणा गरिएको हो ।

एकिकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्रा भुषालको संयोजकत्वमा बागमती प्रदेश सांसद एवम् नेकपा माओबादी केन्द्र बागमती अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेश सांसद एवम् प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी र प्रदेश उपाध्यक्ष रुपा महर्जन सदस्य रहेका छन ।

त्यसैगरी नेत्रवित्रम चन्द विप्लप नेतृत्वको नेकपाका माइला लामा, सन्देश पौडेल र सन्तोषी महर्जनको नाम सभामा घोषणा गरिएको छ ।