हेटौंडा । हेटौंडा–६, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३४ औं वार्षिक साधरणसभा शनिवार सम्पन्न भएको छ ।

डिभिजन वन अधिकृत शिव सापकोटाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा अध्यक्ष कटुवालले संस्थागत प्रतिवेदन, सचिव राधिका बिडारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमला दाहालले आर्थिक प्रतिवेदन, लेखा संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन र महिला आयाआर्जन समूहकी संयोजक सरिता गोतमले महिला आयआर्जन समूहको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा मकवानपुरगढी–२ का वडा अध्यक्ष बखान सिह पाख्रिन, ३ का वडा अध्यक्ष भागवत घिमिरे, सव डिभिजन वन कार्यालय, हर्नामाडीकी प्रमुख सविना रिजाल, दीपक पुडासैनी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चिसापानी सामुदायिक वनका अध्यक्ष नारायणप्रसाद ढकाल, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था अध्यक्ष उदय बिडारी, संस्था उपाध्यक्ष उमेश अधिकारी, कार्यालय सचिव केदारप्रसाद गोतम लगायतको अतिथ्यता थियो ।

भीमसेन पौडेल
थप जानकारी