हेटौंडा । हेटौंडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिका साधारणसभा शनिवार सम्पन्न भएको छ ।

हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यता एवम समुहका अध्यक्ष सूर्य बहादुर घलानको सभाध्यक्षतामा साधारणसभा भएको हो । सभामा डावर नेपालका एशोसियट्स मेनेजर विष्णु केसी र वनडढेलो नियन्त्रणम महत्वपूर्ण सहयोग गर्ने केदार दाहाललाई सम्मान गरिएको थियो ।

भेलामा अध्यक्ष घलानले संस्थागत प्रतिवेदन र लेखा संयोजक भानुप्रताप बिडारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । भेलामा सव डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख रामचन्द्र श्रेष्ठ, फरेष्टर यदुकुमार घिमिरे,चरेकाड सामुदायिक वनका अध्यक्ष पदम बहादुर लो, शिखरपानी सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर पाख्रिन, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, नारायणी दुग्ध उत्पादक सहकारीका ब्यवस्थापक नवराज गौतम, समूहका सल्लाहकार पुष्पराज बत्र्तौला, ईन्द्रमणी गौतम लगायतको आतिथ्यता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी