हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ नयाँ बस्तीबाट लागुऔषध र नगद सहित ५ जना पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका–८ वस्ने ३१ बर्षीय बिकास मोक्तान, सोही स्थान बस्ने ३५ बर्षीय राम बहादुर स्याङबो, पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ बर्षीय जित बहादुर चापागाई, मकवानपुरको मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० बर्षीय रामचन्द्र गोले र सोही स्थान बस्ने २० बर्षीय दाल बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

नयाँ बस्तीस्थित कच्ची बाटोमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकल सहित बसिरहेका उनीहरुलाई ६०२ बोतल कोडिन फास्फेट, २० ग्राम चरेस र नगद ८ लाख सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

नगद, लागुऔषध, मोटरसाइकल सहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।