हेटौंडा । मोटरसाइकलको ठक्करबाट हेटौंडामा एकजना साइकलयात्री गम्भीर घाइते भएका छन् ।

आइतबार राति धरान–चतरा सडकखण्ड अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सानो गंगटेमा हेटौंडा बजारबाट हात्तिसुडेतर्फ जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री घाइते भएका हुन् । हेटौंडा–१७ बस्ने अन्दाजी ५० वर्षीय धर्मराज पौडेल ठक्करबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते पौडेलको हेटौंडा अस्पतालमा उपचारमा उपचार पश्चात थप उपचारका लागि चितवनको भरतपुर रिफर गरिएको प्रहरी नायव उपरीक्षक (डिसपी) लक्ष्मी भण्डारीले बताए । मोटरसाइकल चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।