हेटौंडा । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । सोमबार बसेको बागमती प्रदेशसभा बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।
संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले संसदमा विधेयक पारितका लागि प्रस्ताव पेश गरेका थिए । विधेयकलाई सभामुखले निर्णार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको थियो ।
यसअघि सोमबार नै बसेको पहिलो बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिकी ज्येष्ठ सदस्य यांकिला शेर्पाले समितिको प्रतिवेदनसहितको विधेयक सभामा पेश गरेकी थिईन् ।
प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्म स्थगित भएको छ ।












प्रतिक्रिया दिनुहोस्