हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १०, कर्रामा क्रेनले किचेर क्रेनका सहचालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा सहचालक पर्सा जिल्लाको बीरगञ्ज–३० का २८ वर्षीय सान बाबु पासवानलाई क्रेनले किचेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्रेनले किचेर गम्भीर घाइते हुनुभएका पासवानलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । उपचारको क्रममा मंगलबार दिउँसो २ बजेर ४० मिनेटको समयमा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिसपी) लक्ष्मी भण्डारीले जानकारी दिए । क्रेनको चालक प्रहरीको नियन्त्रणमा रहेका छन भने सहचालक पासवानको शव हेटौँडा अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्