हेटौँडा । मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ५९८ पुगेको छ । सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगु संङ्क्रमित देखिएका छन । डेंगुका कारण हेटौंडामा एकजनाले ज्यान गुमाएका थिए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार असोज २४ गते बुधवार सम्म प्रदेशका १३ जिल्लामा आठहजार १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमणका कारण हालसम्म ६ जनाले ज्यान गुमाएका छन ।

प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङक अनुसार धादिङमा तीन हजार ५७८, काठमाडौंमा एकहजार ६२२, ललितपुरमा ७२२, मकवानपुरमा ५९८, चितवनमा ८२९, भक्तपुरमा ३७४, नुवाकोटमा १०४ जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै काभ्रेपलाञ्चोकमा ५८, रामेछापमा ५०, सिन्धुलीमा ३४, सिन्धुपाल्चोकमा २६, दोलखामा १८ जनामा डेंगु पुष्टि भएको छ भने सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए ।

मन्त्रालयका अनुसार जनवरीमा ५७, फेरब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२, अगस्ष्टमा तीन हजार १६७, सेप्टेम्बर दुई हजार ४६३ र अक्टोवर १० सम्म एकहजार २१४ जनामा डेंगु सङ्क्रमण पुष्टि भईसकेको छ ।

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो, स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भूसालले एसिड लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले डेंगु सङ्क्रमणबाट आफु र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाईबाट बच्न आग्रह गरे । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाईबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाई, वरपर पानी जम्न नदिने, पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेङ्गुुका कुनैपनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरिएको हो ।