हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले हाम्रो संस्कृति र सभ्यताले अन्तराष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्ने बताएका छन । विहीबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विजयदशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शर्माले हामी नेपालीका विभिन्न खाले चाडपर्वहरू हुन् आफ्नै खालका मौलिकता र आफ्नै खालका विशेषता रहेको बताए ।
उनले अनुभव सुनाउँदै हामी साना साना कुरामा खुसी हुन सक्छौ, हामीलाई ठुलठुला कुरा चाहिदैन् हामी तीज दशैँ, तिहार, छठ, इद ल्होछार लगायतका विभिन्न जातीय पहिचानका पर्व यसरी नै खुसीका साथ मनाउँदै आएका छौं र मनाउनु पनि पर्छ, उनले भने ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले नजिकिदै गरेका चाडपर्व सबैले खुसीका साथ मनाउन शुभकामना दिए । उनले परम्परा र संस्कृतिको जगेर्ना गर्दै मनाईने पर्वले सबै नेपाली एकवद्ध हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शुभकामना आदानप्रदान कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सदस्य प्रेमबहादुर पुलामी छिन्तु, हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, स्थानीयतहका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, गैरसरकारी संस्थाका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्