हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–६ ले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

चियापान कार्यक्रममा सहभागिहरुले नेपालीहरुको महान पर्वलाई उत्साह र पारिवारिका वातावरणमा मनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा हेटांैडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, मुना विक., टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णु प्रसाद ढुङगाना, महासचिव शिवहरि ढकाल, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, चौघडा सहकारीका पूर्व अध्यक्ष श्याम प्रसाद श्रेष्ठ, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, समन्वय समितिका सचिव राजकुमार फुयाँल लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम समन्वय समितिका अध्यक्ष बासुदेव खतिवडाको सभाध्यक्षतामा भएको थियो ।