हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ बिजौनामा कारको ठक्करबाट एक बालिका घाइते भएकी छिन ।

कारको ठक्करबाट स्थानीय पुर्ण सिंह वाईवाको ६ बर्षीया छोरी सिवांगी वाईवा घाइते भएकी हुन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा १५ च ८५०८ नं. को कारले वाईवालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा टाउको लगायत शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनलाई तत्काल उद्धार गरी मनहरी अस्पतालमा लगिएकोमा थप उपचारको लागि भतपुरतर्फ रिफर गरिएको प्रहरीले जनाएको छ । कार र कार चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।