हेटौंडा । डिभाइन युथ क्लब नेपाल हेटौंडाको आयोजनामा हेटौंडा–१७, हटियामा शनिवार भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । ४० जना पुरुष र ५ जना महिलाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाको सहकार्य र रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । अहिले रक्तसञ्चार केन्द्रमा सबै ग्रुपको रगत मौज्दातमा भएपनि बी नेगेटिभ ब्लड ग्रुपको अभाव भएको प्राविधिक रिमालले बताए ।
रक्तसञ्चार केन्द्र हेटौंडामा संकलन भएको रगत हेटौंडाका अस्पतालका साथै भरतपुर, वीरगन्ज र लहानका अस्पतालमा पठाउने गरिएको रिमालको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्