हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नं.२ शिखरकटेरीस्थित जंगलमा मोटरसाइकल र कार एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटसाइकल चालक रहेका छन् ।

कान्तिलोकप अन्तर्गत शिखरकटेरीतर्फबाट हेटौंडा बजारतर्फ जाँदै गरेको मोटरसाइकल र हेटौंडाबाट मकवानपुरगढीतर्फ जाँदै गरेको कार एकआपसमा ठोक्किएको हो । घाइते मोटरसाइकल चाकलको पहिचान खुलेको छैन ।

उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटना शनिबार साँझ अन्दाजी ५ बजेको समयमा तिर भएको बताईएको छ । दुर्घटनाको पुरा बिवरण आउन बाँकी छ ।