हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीमा जङ्गली हात्तीले शनिवार बिहान घरमा क्षति गरेको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार जङ्गली हात्तीले मनहरी गाउँपालिका–८ सिमपानीका रामहरी सुबेदीको ब्लकको टिनले छाएको एक कोठे घरको झ्याल भत्काएको छ । हात्तीले सुबेदीको घरमा रहेको एक बोरा धान खाएको छ ।

प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको छ । मानवीय क्षति भने नभएको प्रदेश प्रहरीले जनाएको छ । यसअघि पनि मनहरीको विभिन्न स्थानमा जङ्गली हात्तीले घरमा क्षति पुर्याउँदै आएको छ ।