हेटौंडा । मकवानपुर प्रहरीले कटुवा पेस्तोल सहित मनहरी–९ बाट दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले राक्सिराङ गाउँपालिका–२ बस्ने २६ बर्षीय लाल कुमार तितुङ र १९ बर्षीय ज्ञान बहादुर स्याङतानलाई कटुवा पेस्तोल एकथान र बारुद भरेको दुई वटा फलामको खोका सहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हरियाली सामुदायिक वनमा खरङ्गाबाट राक्सिराङ आउँदै गरेको बा ४१ प २८१८ नं. को मोटरसाइकल चालक तितुङ र पछाडि सवार स्याङतानलाई चेक गर्दा स्याङतानको साथबाट कटुवा पेस्तोल र बारुद बरामद गरेको थियो । पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।