हेटौंडा । पछिल्लो एकमहिनादेखि मकवानपुरमा जंगली हात्ती नियमित गाउँ छिरेर आतंक मच्चाउन थालेको छ । जिल्लाको मनहरी गाउँपालिकामा जंगली हात्तीले दैनिकजसो आतंक मच्चाएको हो । आइतवार बिहान मनहरी–७ स्थित पेन्चेमा छिरेको जंगली हात्तीले थप दुइ वटा घरमा क्षति पु¥याएको छ ।

बिहान ३ बजे जंगलबाट गाउँ छिरेको हात्तीले पेन्चेका भरतराज पाठकको पक्कि, एकतले माथि जस्ताले छाएको घरमा राखेको किराना पसलको उत्तर साइडको सटर भत्काई पसलमा रहेको विभिन्न सामानहरु क्षती पुर्याएको छ । त्यसैगरी सोही स्थानमा जुना रुम्वाको एक कोठे जस्ताले छाएको कच्चि घरको ढोकाको माथि सामान्य क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हात्तीले क्षति गरेको सम्बन्धमा जानकारी पाएपछि पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना, मनहरीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा हात्तीलाई जङगल तर्फ लखेटिएको प्रहरीको भनाई छ । केहीदिन अघि पनि हात्तीले सोही वडामा ४ वटा घरमा क्षति पु¥याएको थियो ।