हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाको हाँडिखोलामा व्यावसायिक रुपमा गरिएको तरकारी खेती ।

यहाँका अधिकांश स्थानीयले व्यवसायीक तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएको तरकारी प्रदेशको राजधानी हेटौँडासहित केन्द्रीय राजधानी काठमाण्डौँ, पोखरा, पूर्वी नेपाल तथा तराई क्षेत्रमा जाने गर्दछ । काउली, बन्दा, भेन्डी, भन्टा, काक्रो, करेला, टमाटर, बरेला यहाँ उत्पादन हुने गरेको छ । तस्बिर: अनिल पराजुली हेटौँडा