हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को दोश्रो वडा सम्मेलन भएको छ ।
सम्मेलनले शोभा घिमिरेको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा ढक प्रसाद गौतम र खिल प्रसाद गौतम, सचिबमा राजन श्रेष्ठ, कोषाध्यक्षमा हस्त बहादुर माझी, सहसचिबमा रमा महत, बिनोद बजगाई चयन भएका छन् । सम्मेलन पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो ।
त्यस्तै सदस्यहरुमा तारा गौतम, मिना परियार, गीता थापा, शिब महत, गीता बस्नेत, बद्री सापकोटा, दीपक गुरुङ लगायत चयन भएका छन् । सम्मेलनले लक्ष्मी राईको संयजकत्वमा अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा सम्मेलन आयोजक कमिटि गठन गरेको छ ।
यसैगरि प्रशिक्षा चौलागाईंको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ वडा कमिटि पनि गठन गरिएको छ । कमिटिको सचिबमा निशा राई, सदस्यमा आरति शाह, उशा रिजाल लगायत रहेकाछन् ।
जनतासंग माओबादी विशेष रुपान्तरण अभियान अन्तरगत भएको सम्मेलनमा नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य ललितबहादुर घलान, प्रदेश कमिटि सदस्य शुभरत्न गोले, जिल्ला समन्वय समिति सदस्य तारानाथ खतिवडा, हेटौंडा उपमहानगर कमिटि अध्यक्ष तिर्थबहादुर थापा, प्रेस सेन्टर नेपाल बागमति प्रदेश कमिटि सदस्य भावना रिजाल, वाईसियल हेटौंडा उपमहानगर कमिटि अध्यक्ष मदन उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्