हेटौंडा । पुर्वराजा ज्ञानेन्द्र शाहले हेटौँडाको धार्मिक क्षेत्रको अवलोकन, भ्रमण र पूजाआराधनाका गरेका छन ।

पूर्वराजाले आइतवार हेटौँडा–१३ पदमपोखरीको ज्याङछुपलिङ पोतला गुम्बा र हेटौँडा–१० को भुटनदेवी मन्दिरको दर्शन गरेका हुन । विशेष पूजा अर्चना र भेटघाटका लागि हेटौंँडा आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकले मकवानपुरको चुरियामाइबाट मोटरसाइकल र्यालीसहित स्वागत गरेका थिए ।

दिउँसो २ बजे मकवानपुरको चुरियामाई आइपुग्नुभएका पूर्वराजाले गुम्बामा आधाघण्टाबढी पूजाआराधना गरे । गुुम्बामा पूजा सकेपछि उनले भुटनदेवी मन्दिरको दर्शन गरे । पूर्व राजाको स्वागतका लागि ठाउँ–ठाउँमा कलशसहितको घडा राखिएको थियो भने स्वागत गेट बनाउनुका साथै ¥याली निकालिएको मूल समारोह समिति संयोजक दीपक बहादुर सिंहले जानकारी दिए ।