हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे पिपलचौताराबाट लागुऔषध खैरो हिरोईनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बागेस्वरी नगरपालिका–७, थलि बस्ने अन्दाजी २१ वर्षीय उमेश परियार रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमोमा सवार परियारलाई शंका लागेर चेकजाँच गर्दा उहाँको साथबाट लागुऔषध खैरो हिरोईन १५ ग्राम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।