हेटौंडा । सर्वमान्य गणेशमान सिह वन संरुक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आजदेखि वन ब्यवस्थापन कार्य सुरु गरिएको छ । समूहको चालु आव. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन ब्यवस्थापनको कार्य सुरु गरिएको हो ।

समूहले ब्लक नंं ७ बाट वन ब्यवस्थापनको शुरुवात गरेको छ । यस वर्ष १५ हेक्टर क्षेत्रफलमा वन ब्यवस्थापन गरि ३ सय घरधुरीलाई दाउरा वितरण गर्ने योजना रहेको समूहका उपाध्यक्ष एवम वन ब्यवस्थापन उपसमितिका संयोजक केशव धितालले बताए । उपभोक्ताहरुको काठ दाउराको मागलाई पूरा गर्न, वनको उत्पादकत्व बढाउन, वनको सौन्दर्यता बढाउन वन ब्यवस्थापनको काम गरेको समूह अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।

यस कार्यको लागि समूहले डिभिजन वन कार्यालय, मकवानपुरसँग सम्झौता गरेको छ । रानी सामुदायिक वन समूहले उपभोक्ताहरुको दाउराको मागलाई पूरा गर्न र वनको उत्पादकत्व बढाउन गरेको काम उदाहरणीय रहेको सव डिभिजन वन कार्यालय, हेटौडाकी वन अधिकृत सविना रिजालले बताईन ।

भीमसेन पौडेल
थप जानकारी