हेटौंडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा बिहीवार राती ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मनहरी–६ सुनादेवी मन्दिर अगाडि चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकल चालक चितवनको माडी नगरपालिका वडा नं.१२ वस्ने २० बर्षीय कोरेस चेपाङको मृत्यु भएको हो ।

चेपाङलाई बिहीवार ७ः४० बजेतिर चितवनबाट हेटौँडा तर्फ अउँदै गरेको ना ७ ख १७९६ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका चेपाङको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न ट्रकलाई नियन्त्रणमा लिएपनि चालक भने फरार रहेको उनले बताए ।