हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण गरेको छ ।

पालिकोको बैठकका निर्णय सार्वजनिक नभएको भन्दै सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेको समयमा पालिकाको बैठक सामाजिक सञ्जालमार्फत पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको हो ।

नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकमा आर्थिक सहयोग प्रदान, भगिनी सम्बन्ध, पर्यटन प्रवर्धन, सामुदायिक संस्थाहरुलाई जग्गा उपलब्ध गराउने लगायतको बिषयमा कार्यपालिका बैठकमा छलफल भएको थियो ।