हेटौंडा । चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको सहयोगमा चौघडामा सञ्चालित १० दिने हाते ब्याग, रुमाल र कि–रिङ बनाउने तालिम बिहीवार सम्पन्न भएको छ ।

तालिममा सहभागी सविना गुरुङले आफूले उत्पादन गरेका सामानहरुको बजारीकरण नहुँदा समस्या परेको बताईन । स्थानीय सरकारले बजारीकरणको ब्यवस्थाको साथै आर्थिक क्षेत्रमा समेत सहयोग गर्नुपर्ने बताईन । स्थानीय क्षेत्रका महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको हो ।

तालिमको समपान गदै हेटाैडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले महिलाहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा वडा कार्यालयले सदैव सहयोग गर्ने बताए । केन्द्रका अध्यक्ष श्रीराम पुडासैनीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, मुना विक.बंशगोपाल माविका प्रअ रमेश प्रसाद लामिछाने, हेटौडा उमहानगरपालिका ६ की बाल सहजकर्ता रोजा सुवेदी, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

रविना भोमजनले सहजीकरण गरेको तालिममा स्थानीय २७ जना महिलाहरुको सहभागिता रहेको केन्द्रकी सहजकर्ता नानीमायाँ रुम्वाले बताईन ।

भीमसेन पौडेल
थप जानकारी