हेटौंडा । हेटौंडा–काठमाडौं कान्तिलोकपथ सडक खण्डको बकैया गाउँपालिका वडा नं. ११ घट्टेपाखामा टिपर दुर्घटना हुँदा चालक घाइते भएका छन् । 

हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा.प्र.०१००३ क ८७७४ नम्बरको सिमेन्ट लोड गरेको टिपर आफैं अनियन्त्रित भई सडकको भित्तामा ठोकिन गई दुर्घटना हुँदा टिपर चालक बकैया–८ बस्ने २७ बर्षिय सौरभ स्याङ्तान घाइते भएका हुन । उनको बाया हात र दाहिने खुट्टामा चोट लागेको छ । 

उनको हाल काठमाडौं पाटन अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।