File photo
File photo

हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं.विजुलडाँडामा शनिवार सामुदायिक वनमा लागेको डढेलो सकिएर आगलागी भएको छ । 

स्थानीय ७२ बर्षिय बल बहादुर मोक्तानको एकतले जस्ताको छानो भएको कच्ची घरमा र खरले छाएको कच्चि गोठमा आगलागी भएको हो । 

३० मिटर दक्षिणमा रहेको मुनाल सामुदायिक बनबाट सल्किएको आगोबाट घरमा र गोठमा आगोलागी हुँदा घर भित्र रहेको अन्नपात,लत्ताकपडा,भाडावर्तन र गोठमा रहेका काठपात सहित घर र गोठ पूर्ण रुपमा जली नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आगलागीबाट करिव छ लाख बराबरको क्षति भएको वडा सदस्य अञ्जन थिङले जानकारी दिइन् ।