हेटौंडा । मोरङ जिल्लामा रहेको जनसेवा सामुदायिक वनद्वारा मकवानपुर जिल्लामा रहेको सामुदायिक वनको अवलोकन गरेका छन । समूहले हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको हो ।
सहभागीहरुलाई समूहका कोषाध्यक्ष गोमा लामिछाने, लेखा सदस्य केशव प्रसाद कोईराला र कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।
सहभागीहरुलाई वन समूहको पृष्ठभूमि , संस्थागत विकास, महिला सहभागीता, वन ब्यवस्थापन, आयआर्जन, महिला शसक्तीकरण, सामाजिक विकास लगायतका विषयहरुमा जानकारी गराएका थिए ।
जनसेवा सामुदायिक वनका अध्यक्ष मीन कुमार राईको नेतृत्वमा आएको भ्रमण दलमा कार्यसमिति, लेखा समिति,सल्लाहकार , कर्मचारी समेत गरि २५ जनाको सहभागीता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्