हेटौंडा । टोललाई हराभरा र सौन्दर्ययुक्त बनाउने उद्वेश्यले चौघडा बजारका स्थानीयलाई फूल सहितको गमला वितरण गरिएको छ । हेटांैडा ६ नं वडा कार्यालयको सहयोग र गुप्तेश्वरी टोल विकास संस्थाको आयोजना गमला वितरण गरिएको हो ।
हेटौंडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्षता एवम संस्थाकी अध्यक्ष नानी माया रुम्बाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा ६ का वडा सदस्य लेखराज ढकाल, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारी , उपाध्यक्ष विष्णुप्रसाद ढुङगाना, भूगोल सदस्य गोमा लामिछाने , चौघडा सहकारी अध्यक्ष विजय कुमार श्रेष्ठ, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, प्रहरी चौकी चौघडाका प्रमुख जनक बहादुर तामाङ , टोल विकास संस्था वडा समन्वय समिति हेटौडा ६ का उपाध्यक्ष रमेश कुमार थापा,संस्था उपाध्यक्ष शुभद्रा आचार्य, नवजीवन ज्योति क्लबका सचिव राजकुमार फुयाल, सञ्चारकर्मी भीमसेन पौडेल, स्थानीय लगायतको उल्लेख्य सहभागीता थियो ।
संस्थाले स्वागत बोर्ड निर्माण गर्नुका साथै २ सय घरधुरीलाई फूल सहितको गमला वितरण गरिएको सचिव अप्सरा अधिकारीले बताईन ।












प्रतिक्रिया दिनुहोस्