हेटौँडा । विश्व अहिंसा दिवसको अवसरमा हेटौँडामा पञ्चदिवसीय शाकाहारी महाअभियान सुरु भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा सुरु भएको अभियान असोज १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ ।

अभियानको पहिलो दिन आज हेटौँडा–८ कमानेमा परिषद्का केन्द्रीय उपाध्यक्ष प्रमोध बाग्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ ।

त्यस्तै अभियान चिसापानी, मनहरी, गढी, मनकामना मन्दिर परिसरमा सञ्चालन हुनेछ भने हेटौँडाको बुद्ध चोकमा औपचारिक कार्यक्रमसहित समापन हुने जिल्ला सचिव राजेश वाग्लेले जानकारी दिए ।