हेटौंडा । स्वास्थ्य क्षेत्रमा कमजोर सावित भएको बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो समय स्वास्थ्य सेवा दिन नयाँ क्लिनिकहरु संचालनमा आएका छन । बागमती पोलिक्लिनिक थाईरोकेयर एण्ड डायविटिक सेन्टरको आज हेटौंडामा उद्घाटन गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले रिबन काटेर बागमती पोलिक्लिनिकको उद्घाटन गरेका हुन ।

हेटौंडा १ भिन्तुना पथमा संचालनमा आएको यस पोलिक्लिनिकले आज उद्घाटनको अवसरमा निःशुल्क कन्सलटेन्ट, फिजिसियनद्वारा ओपिडि जाँच, रगतमा सुगर परिक्षण, मेम्वरसिप कार्ड वितरण गरेको बागमती पोलिक्लिनिकका प्रोपाइटर उत्सव चौलागाईले जानकारी दिए । त्यस्तै उद्घाटनको दिन आज ६ सय रुपियाँमा थाइराईट जाँच र फार्मेसी सेवामा बिशेष छुट रहेको उनले बताए ।

बागमती पोलिक्लिनिकले थाईराइड, सुगर, मुटुरोग, नाक, कान घाँटी, छाला रोग, सर्जरी, महिला तथा स्त्री रोग, पेट सम्बन्धी, हाडजोर्नी तथा नशारोग, वाल रोगको उपचार तथा जाँच बिशेषज्ञ सहितको सेवा दिने उनले बताए ।

बागमती पोलिक्लिनिकले कन्सल्टेन ओपिडि सेवा, अत्याधुनिक प्याथोलोजी ल्याव सेवा, सामान्य माइनर घाउ चिरफार अप्रेशन तथा ड्रेसिङ सेवा, नेबुलाईजर सेवा, ईसिजी, भिडियो एक्स–रे तथा एक्स रे सेवाहरु दिने बागमती पोलिक्लिनिककी संचालक लक्ष्मी पौड्यालले बताइन् । आउँदो चैत्र १२ गते बरिष्ठ थाईराईड, सुगर तथा हर्मोन रोग बिशेषज्ञ डाक्टर सौरभ खतिवडा बागमती पोलिक्लिनिकमा आउन लागेको उनले जानकारी दिइन । होलबडि जाँचमा ४० प्रतिशत छुटको व्यव्स्था मिलाइएको छ । सुलभ र सहज ढंगले बिरामीलाई सेवा दिन आफुहरु प्रतिवद्ध रहेको पौडेलको भनाई छ ।