हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा मोटरसाइकलले ठक्कर दिँदा एक जना बालिका घाइते भएकी छिन् । बारा कोल्वि नगरपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ पिप्ले डेरा गरी बस्ने भूपेन्द्र चौधरीको छोरी ४ वर्षीय प्रियङ्का चौधरी मोटरसाइकलको ठक्करबाट घाइते भएकी हुन ।

हेटौँडा बजारबाट क्याम्प डाँडा तर्फ जाँदै गरेको ना.५६ प.९९३३ नम्बरको मोटरसाइकलले भित्री रोडमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा टाउकोमा चोट लागि उपचारको लागि हेटौँडा अस्पतालमा लगिएको थियो ।

मोटरसाइकल चालक मकवानपुर बकैया गाउँपालिका–२ झल्ला बस्ने ३२ वर्षीय निर बहादुर थोकर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।