हेटौँडा । ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समिति हेटौँडाको अध्यक्षमा रामबहादुर नेपाली सर्वसम्मत चयन भएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजनामा असार १७ र १८ गते हेटौँडामा सम्पन्न ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समितिको पुनर्गठन तथा अभिमुखीकरण कार्यक्रमबाट नेपालीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

समितिको उपाध्यक्षमा केशवप्रसाद न्यौपाने, सचिवमा बेली थापा, कोषाध्यक्षमा नारायणप्रसाद ढकाल तथा अन्य सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना लामाले शपथग्रहण गराएकी थिइन् । सो अवसरमा नगर प्रमुख लामाले उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको हक, हित र संरक्षणका लागि निरन्तर काम गर्ने बताउँदै ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, अनुभव र सीपलाई राज्यले उचित रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको जनस्वास्थ्य महाशाखाका भोलानाथ चौलागाईंले स्वास्थ्यसम्बन्धी तथा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले तनाव व्यवस्थापनसम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थि

कार्यक्रम ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समितिका अध्यक्ष रामचन्द्र ढकालको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

भीमसेन पौडेल
थप जानकारी