हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको हेटौंडा स्वास्थ्य चौकीमा स्वस्थ आमा प्रतियोगिता कार्यक्रम भएको छ ।

प्रतियोगितामा ६ महिनादेखि २३ महिना सम्मका बच्चाका ४० जना आमाहरु सहभागी भएका थिए । स्वास्थ्य व्यवहार सुचकको आधारमा ५ जना महिलाहरुलाई छनोट गरि पुरस्कृत गरिएको थियो ।

आयुर्बेद तथा जनस्वास्थ्य प्रबद्र्धन शाखा हेटौंडाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा टोल बिकास संस्था वडा समन्वय समितिका संयोजक केशव धिताल, महिला जागरण समूह अध्यक्ष शोभा घिमिरे, महिला स्वास्थ्य स्वयम् सेवक संयोजक कल्पना घिमिरे लगायतकाको उपस्थिती रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी