हेटांैडा । रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटांैडा उपमहानगरपालिका नगर शिक्षा महाशाखाको सहयोगमा सञ्चालित ५ दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।

हेटौडा–६ चौघडामा रहेको रानी सामदायिक वनको सभाहलमा चैत्र ६ गतेदेखि सञ्चालन भएको तालिम चैत्र १० गते सम्पन्न भएको हो । हेटौडा उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम कार्यक्रम संयोजक गोमा लामिछानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यद्कमार घिमिरे, समूहकी सचिव नानीमाया रुम्वा, सदस्य अम्बिका विक., सूर्यप्रसाद दुलाल, अनिता बुढाथोकी, लेखा सदस्य केशव कोहराला,कार्यालय सचिव भीमसेन पौडेल लगायतको सहभागिता थियो । शोभा श्रेष्ठले सहजीकरण गरेकोे तालिममा १७ जना महिलाहरुको सहभागिता रहेको वन समूहले जनाएको छ ।

भीमसेन पौडेल
थप जानकारी