हेटौंडा । जेडएसएल र हिमालयन प्रकृतिको आयोजनामा मनहरी–१ चकरीमा समुदायमा आधारित सालक संरक्षण सम्वन्धि तालिम शुरु भएको छ ।

तालिममा सालक संरक्षण गर्दा हुने फाइदा, यसको संरक्षण, सालकको आहारको संरक्षण, समुदायको भूमिका. जनप्रतिनिधिको भूमिका, राष्ट्रिय निकुञ्ज लगायतकाको भूमिका, कानुनी प्रावधान लगायतका बिषयमा जानकारी गराएको थियो ।

तालिममा पर्सां राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष कुमार भगत, एनटीएनसीका विसीसी बाबुराम लामिछाने, वन्यजन्तु विज्ञ नारायण रुपाखेती, जेडएसएलका प्रचण्ड महर्जन, हिमालय नेचरका परियोजना आधिकृत प्रदीप सेढाई, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडल लगायतकाले सहजीकरण गरेका थिए । चेतना सामुदायिक वनका १५ जनाको तालिममा सहभागिता रहेको छ ।

 

भीमसेन पौडेल
थप जानकारी