हेटौडा । हेटौडा–१७, गुरौखोलामा रहेको कैलाशेश्वर महादेव टोल विकास संस्थाको प्रथम वार्षिक साधारणसभा भएको छ ।

साधारणसभा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष बालगोपाल घिमिरेको सभाध्यक्षतामा भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष बालगोपाल घिमिरेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा टोलबासीहरुले वडा अध्यक्ष भैरब बहादुर राई लगायतका जनप्रतिनिधिहरुसँग सडक, बत्ती, खानेपानी लगायतका समस्याहरुको समाधान गर्न आग्रह गरेका थिए ।

साधारणसभामा हेटौडा उपमहानगरपालिका कार्यपालिका सदस्य शंकर बहादुर राई, १७ नं. वडा वडा सदस्य भीमबहादुर राई, टिका प्रसाद तिमल्सिना, हेटौडा उपमहानगरपालिका समाज कल्याण शाखा प्रमुख भैरब बहादुर कुमाल, संस्थाकी उपाध्यक्ष सुशिला श्रेष्ठ, सञ्चारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । टोल विकास संस्थामा ८५ घरधुरी आवद्ध रहेको सचिव श्यामलाल श्रेष्ठले बताए ।

भीमसेन पौडेल
थप जानकारी