हेटौंडा । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा न १८ हर्नामाडीमा कमर्सियल लेयर्स प्रजातिको कुखुरामा बर्ड फ्लू भेटिएको छ ।
हर्नामाडी १८ को राजकुमार दुलालको फार्ममा रहेको १ हजार ५ सय कमर्सियल लेयर्स प्रजातिको कुखुरामा बर्ड फ्लू भेटिएको हो । २२ बैशाखमा नमुना परिक्षणको लागि पठाईएकोमा २३ गते राती बर्ड फ्लू प्रमाणित भएको जानकारी आएको भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए ।
रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बैठक बसि बर्ड फ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने टोलि फिल्डमा जाने तयारी गरिएको मकवानपुरका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
उनका अनुसार आज राती बर्ड फ्लू प्रमाणीत भएका कुखुरा नष्ट गरिने छ । बर्ड फ्लू नियन्त्रण समितिको बैठक बसेर व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयपछि कुखुरा नस्ट गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
बैठकमा कुखुरा व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यता हेटौंडा ७ कमानेको अर्को एक कुखुरा फार्मको कुखुरामा बर्ड फ्यू शंका लागेपछि पीसीआर जाँचको लागि पशुसेवा बिभाग काठमाडौमा नमुना पठाईएको स्रोतले जनाएको छ । यस फार्ममा भने २५ हजार कुखुरा रहेका छन् ।
१० दिनअघि हेटौंडा ७ नागश्वतीमा बर्ड फ्लू पुष्टि भएपछि लेयर्स कुखुरा ३ हजार ४५३ वटा, अण्डा ५ हजार ७८० गाेटा र ४५० केजी दाना नष्ट गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्