हेटौंडा । हेटौंडा–१७ चुच्चेखोलामा कर्रा खोला तर्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा–१७ गौरीगाउ राईटोल बस्ने अन्दाजी ५१ बर्षीय पुर्ण बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
खोलामा तर्ने क्रममा उनको डुबेर भएको प्रहरीले अनुमान गरेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरे रहेको र शवको मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ । राईलाई डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्