हेटौंडा । हेटौंडा ८ नम्बर वडा कार्यालयले वडाभित्र सिकारु गाडी चलाउन निश्चित स्थान तोक्दै प्रतिबन्ध लगाएको छ ।
सिकारु गाडीका कारण दुर्घटनाको जोखिम निम्त्याएको भन्दै ८ नम्बर वडा कार्यसमितिको बैठकनै बसेर सिकारु गाडी चलाउन निश्चित स्थान तोक्दै प्रतिबन्ध लगाएको हो ।
हेटौंडा–८ का वडाध्यक्ष रामकृष्ण थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा कालिका टोलीसँग जोडिएको खाली जग्गा र कर्रा पुल पारिको सनउड कोलोनीमा मात्र सिकारु गाडी चलाउन अनुमति दिएको हो । तोकिएको स्थान भन्दा अन्त चलाए कानुनअनुसार कारवाह गरिने विज्ञप्ती मार्फत जनाईएको छ ।












प्रतिक्रिया दिनुहोस्